back
NMB ad

कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन सुरु

Kumari bank ad

काठमाडौं । कपन क्षेत्रमा बर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरु भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो ।

कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर सज्जन कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नामाकरण भएर परामर्शदातामार्फत अध्ययन शुरु भइसकेको छ अध्ययनको निष्कर्षका आधारमा आबश्यक संरचना बनाउनुपर्ने छ ।”

त्यस क्षेत्रमा डुबानका कारण ढलको क्षमता नपुगेर हो भने त्यसको समाधान गरिने इञ्जिनियर कुँवरले बताउनुभयो । ‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेष्ट’ लगायत कुन उपाय अवलम्वन गरेर डुबान न्यूनिकरण हुनसक्छ त्यो गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आवश्यक हुँदा सडक निर्माण पनि हुनसक्छ ।”

कपन–बुढानिलकण्ठ क्षेत्रमा अध्ययन शुरु भएपनि आवश्यक निर्माणको काम आगामी आवमा मात्रै हुने आयोजनाले जनाएको छ । चालु आवमा निर्माणका लागि बजेट बिनियोजन भइसकेको छैन । गत असोज महिनामा निर्णय भएपछि अहिले अध्ययन अघि बढाइएको हो । “आगामी आर्थिक वर्षमा बजेट बिनियोजन भएपछि काम सुरु हुने उहाँको भनाइ छ ।

शङ्खमुलको दोभानबाट कपनसम्म धोबीखोलाको दुवैतर्फ करिडोर निर्माण गर्ने गरी शुरु भएको आयोजनाको कार्यक्षेत्र बिस्तार गरिएको हो । करिडोर निर्माण सकिँदै गर्दा कपन क्षेत्रको डुबानको समस्या समाधानको काम सोही आयोजनामार्फत अघि बढाउन लागिएको हो ।

उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्ययले काठमाडौँ महानगरपालिकाले २०५९ साल वैशाखमा धोबीखोला करिडोरको निर्माण शुरु गरेको थियो । विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालिन काठमाडौं उपत्यका नगर विकास समिति) ले निर्माण गर्दै आइरहेको छ ।

शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गर्दै आउनुभएको छ । पहिले झण्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना शुरु भएपनि पछिल्लो समयमा कार्यक्षेत्र बिस्तार गरिएको छ ।

वि.सं.२०८० वैशाख ४ सोमवार १२:०७ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...