back
NMB ad

जुम्लामा मार्सीधानको खेती घट्दै, विकल्पमा अन्य खेती

Kumari bank ad

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो ।

कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन् ।

मार्सीधानको खेती गर्दा रोग किरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेका पातारासी गाउँपालिका–३ का मुनबहादुर एडीले बताउनुभयो । “धान खेतीका लागि प्रशस्त पानी तथा सिँचाइ सुविधा खेतमै पुगेको छ । महिनौँदेखि मिहेनत गरेर रोपिएको धान घर भित्र्याउने समयमा रोगकिराको सङ्क्रमण हुने र असिनापानीले झारिदिनाले यहाँका किसान कालीमार्सीधान रोप्न चासो गर्दैनन्”, उहाँले भन्नुभयो । कालीमार्सीधानको आफ्नै पहिचान भए पनि पहिचानले मात्र खानलाउन नपुग्ने भन्दै खेती गर्न छोडिएको पातारासी–२ का ६२ वर्षीय गोर्खे बुढाको भनाइ थियो । धान लगाउन गर्ने मेहनत अन्य अन्नबाली लगाउन गरे उत्पादन बढी हुने उहाँले बताउनुभयो ।

समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सीधान खेती हुने पातारासी गाउँपालिकाका कृषि शाखा प्रमुख रुपक बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार कालीमार्सीधान खेती संरक्षण गर्नका लागि किसानलाई उत्पादनमूलक क्षमता अभिवृद्धि गर्दै विभिन्न तालिम उपलब्ध गराइएको छ । “किसानले उत्पादन गरेको धान बजारीकरण हुन सकेको छैन । केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन्”, प्रमुख बुढाले भन्नुभयो । यस वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गर्न कृषकलाई तालिम तथा अन्य आवश्यक सहयोग गरेर प्रोत्साहन गर्ने तयारी गरिएको उहाँको भनाइ थियो ।

यहाँ धानको उत्पादन कम हुन थालेपछि धानको याममा अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् । जिउलोमा धान पाक्न आठ महिना लाग्दछ । एक महिना यार्सा सङ्कलन गर्दा तीन गुणा बढी आम्दानी हुने भएपछि उनीहरु पाटन जाने गरेका स्थाीयको भनाइ छ । यार्साबापत एक परिवारले एक महिनामा न्यूनतम रू ५० हजारदेखि एक लाखसम्म कमाउँछन् ।

एक महिनाको कमाईले वर्षदिनको रोजीरोटी सहजै व्यवस्था हुने भएपछि धान खेती गर्नुभन्दा यार्सा टिप्नु सहज हुने यहाँका किसान बताउँछन् । कृषि अनुसन्धान केन्द्र जुम्लाले कालीमार्सीधान निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सीधानको अनुसन्धान भइरहेको जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा यही जेठको पहिलो सातादेखि खेतमा मार्सीधानको रोपाइँ हुने भए पनि यो याममा जौँ खेती गर्ने किसानले बताएका छन् ।

वि.सं.२०८० वैशाख ४ सोमवार १५:५५ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...