back
NMB ad

कागतीखेतीका लागि पकेट क्षेत्र कार्यक्रम कार्यान्वयन हुँदै

Kumari bank ad

देउखुरी । सङ्घीय सरकारले सुरु गरेको कागती पकेट क्षेत्र कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा यो कार्यक्रम कार्यान्वयन गर्न थालिएको छ । सङ्घीय सरकारले जिल्लाका दशवटा स्थानीय तहमध्ये उक्त उपमहानगरपालिकालाई कागती पकेट क्षेत्र घोषणा गरेको थियो । सो घोषणासँगै कागती खेतीको विस्तारका लागि उपमहानगरपालिकाले खेती विस्तार, प्राविधिक दक्षता, रोगकीरा नियन्त्रणको काम अघि बढाएको छ ।

पहिलो चरणअन्तर्गत व्यावसायीकरुपमा कागती खेतीका लागि किसानलाई प्राविधिक दक्षताको काम सुरु गरिएको छ । उपमहानगरप्रमुख टीकाराम खड्काले सङ्घीय सरकारबाट पालिकालाई कागती पकेट क्षेत्र घोषण गरेसँगै कार्यान्वयनको चरणमा पुगेकाले यसको विस्तार र बजारीकरणमा विशेष ध्यान दिइने बताउनुभयो । उहाँले कागती खेतीलाई व्यावसायिकका साथै एक घर एक कागतीका बिरुवा रोप्ने कार्यलाई अभियानकैरुपमा अघि बढाइने बताउनुभयो ।

उपमहानगरपालिकाका कृषि शाखा प्रमुख धनराज गौतमले कागती खेती गरिरहेका किसान र खेती गर्न इच्छुक किसानका लागि गुणस्तरीय बिरुवा उत्पादन र व्यावसायिक सीपको दक्षताका लागि तालिम गर्नाका साथै व्यावसायिक कागती खेती गरिरहेको ठाउँमा पुगेर किसानलाई सीपसमेत प्रदान गरिने बताउनुभयो । उहाँले उपमहानगरपालिकाको अन्नबाली कम उत्पादन हुने वडा नम्बर १,३,४,१९,१८मा कागती खेती विस्तार गर्न सकिने जानकारी दिनुभयो ।

वि.सं.२०८० वैशाख ४ सोमवार १६:५४ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...