back
NMB ad

आरएसडिसी लघुवित्तको नाफामा ८.८१ प्रतिशतले गिरावट, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेले तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा ८।८१ प्रतिशतले नाफामा गिरावट आएको हो ।

लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तलले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ९ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्रको खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढ्दा इम्पेरमेन्ट चार्ज बढ्न गइ खुद नाफामा दबाब पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २९.२२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २६.०६ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.२३ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ । जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ९३ लाख रुपैयाँबाट बढेर ७ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर १३ रुपैयाँ १९ पैसामा सीमित भएको छ । पछिल्लो ९ महिनामा लघुवित्तको चुक्ता पुँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ४.३४ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी ३२.४२ प्रतिशत र कर्जा २४.६० प्रतिशत बढेको छ ।

वि.सं.२०८० वैशाख ५ मंगलवार ११:०७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...