back
NMB ad

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

Kumari bank ad

गोरखा । वन्यजन्तुका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले वन्यजन्तुलाई पानी अभाव हुन नदिन जिल्लाभित्रका १६ सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न भइसकेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख डिभिजन वन अधिकत अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“चालु आर्थिक वर्षको कार्यक्रमबाट छ सामुदायिक वनमा पोखरी निर्माण सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “थप चार सामुदायिक वनमा अहिले पोखरी निर्माणको काम भइरहेको छ ।” उहाँले गएको आर्थिक वर्ष २०७८/७९ मा छवटा र त्यसभन्दा अघिसमेत नमूनाका रूपमा चारवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको जानकारी दिनुभयो ।

सामुदायिक वनमा करिब नौ मिटर लम्बाइ, चार मिटर चौडाइ र एक मिटर गहिराइको पोखरी निर्माण गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालयले सामुदायिक वनसँगको लागत साझेदारी पोखरी निर्माण गरेको उहाँले बताउनुभयो । कार्यालयको तर्फबाट छनोटमा परेका सामुदायिक वनलाई रु एक लाख उपलब्ध गराउने र सामुदायिक वनले त्यसको २० प्रतिशत लागत साझेदारीमा पोखरी निर्माण गर्ने गरी कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयन गरिएको उहाँले भनाइ छ ।

पोखरी निर्माणले जङ्गलमा पानी स्रोतलाई समेत जगर्ने हुने भएकाले पनि कार्यक्रम प्रभावकारी बनेको उहाँले बताउनुभयो । “पोखरी निर्माणपछि एकातर्फ जङ्गली जनावरलाई पानीको अभाव हुन पाउँदैन भने अर्कातिर पानीको स्रोत जोगाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्छ, प्रमुख श्रेष्ठले भन्नुभयो, “वनको बीचमा पोखरी भएपछि डढेलो नियन्त्रणका लागि समेत सजिलो हुन्छ ।”

कार्यालयले पोखरी निर्माणका लागि प्रस्ताव माग गरेर सामुदायिक वन छनोट गरेको उहाँको भनाइ छ । “हामीले प्रस्ताव आह्वान गरेपछि निवेदन परेकामध्ये मापदण्ड पूरा भएका १० साुमदायिक वनलाई छनोट गरी कार्यक्रम अघि बढाएका हौँ”, उहाँले भन्नुभयो, “पानीको स्रोत, जमिनको अवस्थालगायतका सबै मापदण्ड पुग्ने/नपुग्ने प्राविधिकले अनुगमन गरेपछि सम्झौता गरेर पोखरी निर्माण थालिएको हो ।”

वनमा निर्माण गरिएका पोखरीको स्थलगत अनुगमनका क्रममा जङ्गली जनावरको पाइला भेटिएको साथै जनावरले पोखरीको प्रयोग गरेको पाइएकाले पोखरी निर्माण प्रभावकारी भएको उहाँको भनाइ छ । “अघिल्ला वर्षमा नमूनाका रूपमा सामुदायिक वनमा पोखरी निर्माण गरेपछि कार्यक्रम राम्रो र प्रभाकारी भएको निष्कर्षसहित गएको आर्थिक वर्षदेखि भने कार्यालयले प्राथामिकतामा राखेर यो कार्यक्रमलाई अगाडि बढाएको छ”, उहाँले भन्नुभयो, “आगामी आवका लागि हामीले यहीँ कार्यक्रमलाई प्रस्ताव गरेका छौँ ।”

वि.सं.२०८० वैशाख ६ बुधवार ११:२७ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...