back
NMB ad

निर्माण व्यवसायीको इच्छाशक्ति निर्धारित समयमै सकियो योजना

Kumari bank ad

म्याग्दी । ढिलासुस्तीका कारण धेरै योजनाहरु अलपत्र परेका अवस्थामा म्याग्दीका केही आयोजनाहरु भने निर्धारित समयमै सम्पन्न भएका छन् । निर्माण व्यवसायीको इच्छाशक्ति, काम गर्ने वातावरण, कार्यान्वयन गर्ने निकायको समन्वय र सहजीकरण भयो भने तोकिएको समयमै योजना सम्पन्न गर्न सकिने सन्देश दिएका छन् ।

बेनी नगरपालिकाको प्रशासकीय भवन, म्याग्दी बहुमुखी क्याम्पसको भवन, बेनीको खेलमैदान निर्माण योजनाको काम निर्धारित समयमै सकिएका हुन् । पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको बेनी–अर्थुङ्गे–घतान–तोरीपानी हँुदै पाखापानी सडक योजनाअन्तर्गत अर्थुङ्गेमा कालोपत्र गर्ने काम लक्ष्यभन्दा तीन महिना १५ दिनअघि नै सकिएको छ ।

अर्थुङ्गेमा दुई सय १७ मिटर सडक कालोपत्र, नाली, पर्खाल निर्माण गर्न श्रमजीवी निर्माण सेवाले विसं २०७९ मङ्सिर १९ गते ठेक्का सम्झौता गरेको थियो । पूर्वाधार विकास कार्यालयका अधिकृत छैटौँ अर्जुन शर्माका अनुसार रु ३२ लाख ६२ हजार नौ सय ५१ मा ठेक्का सम्झौता भएको आयोजनाको म्याद २०८० असार १५ गतेसम्म थियो ।

“निर्माण कम्पनीले लक्ष्यभन्दा साढे तीन महिनाअघि नै सडक कालोपत्र ग¥यो”, शर्माले भन्नुभयो “सरदर ५।५ मिटर चौडाइका दरले कालोपत्र गरिएको छ ।” बेनीमा म्याग्दी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवासँग २०७९ कात्तिक ४ गते रु ९६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७९ चैत २७ गतेसम्म ठेक्का अवधि भएको पाँचकोठे एकतले भवन बनाउने योजना निर्माण कम्पनीले निर्धारित समयमै सकेर हस्तान्तरण गरेको क्याम्पस प्रमुख गोरख जिसीले बताउनुभयो ।

सोही कम्पनीले बेनीको खुल्लामञ्च खेलमैदानमा पर्खाल र प्यारापिट निर्माणका लागि गत मङ्सिर पहिलो साता रु ३५ लाख ९३ हजार एक सय एकमा ठेक्का सम्झौता गरेको थियो । गत चैत मसान्तसम्मको ठेक्का अवधि भएको पर्खाल र पिल्लर उठाएर ३५ मिटर लम्बाइमा चार तहको प्यारापिट बनाउने काम निर्धारित समयमै सकिएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो ।

क्याम्पसको भवनको नापजाँच गर्ने क्रममा ढिस्कोले पुरिएर उत्तरगङ्गाका सञ्चालक कृष्ण बरुवालको २०७९ साल मङ्सिर २१ गते मृत्यु भएको थियो । बरुवालको मृत्यु भएपछि उनका भाइ नवराजले जिम्मेवारी लिएर कम्पनीले ठेक्का लिएका आयोजनाहरुलाई पूर्णता दिनुभएको हो ।

“व्यवसायीले इच्छाशक्ति देखाएर पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गर्न सक्ने हो भने जस्तोसुकै असहज अवस्थामा पनि आयोजना सम्पन्न गराउन सकिने रहेछ”, क्याम्पस प्रमुख जिसीले भन्नुभयो, “आयोजना कार्यान्वयन गराउने पक्षले निगरानी, समन्वय र सहजीकरण गरेर काम गर्ने वातावरण बनाउने हो भने ढिलासुस्ती हटाउन सकिन्छ ।”

बेनी नगरपालिकाको प्रशासकीय भवनमा तला थप गरेर आठवटा कोठा बनाउन शङ्कर निर्माण सेवासँग गत मङ्सिर पहिलो साता रु ५२ लाख ५८ हजार दुई सयमा ठेक्का सम्झौता भएको थियो । अनुगमन समितिका संयोजकसमेत रहेकी नगर उपप्रमुख ज्योति लामिछानेले निर्माण कम्पनीले निर्धारित समयमै भवन हस्तान्तरण गरेका बताउनुभयो । शङ्कर निर्माण सेवाका सञ्चालक सागर पौडेलले सम्झौतालगत्तै निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर निर्धारित समयमै भवन बनाएको बताउनुभयो ।

म्याग्दी जिल्लामा सञ्चालित १९ वटा ठूला आयोजनाको निर्माण कार्य अधुरा छन् । सडक, खानेपानी, प्रसारण लाइन, अस्पताल भवनलगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । सङ्घीय र प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाहरुको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अधुरा बनेका हुन् । गण्डकी प्रदेश सरकारका ११ र सङ्घीय सरकारका आठवटा छन् । आठवटा आयोजना सडकसम्बन्धी छन् । करिब रु आठ अर्बको राहुघाट जलविद्युत् आयोजना बाहेकका अन्य अलपत्र र अधुरा आयोजनाको लागत रु चार अर्ब ५० करोडभन्दा बढी छ ।

प्रशासनिक, राजनीतिक र व्यावसायिक पहुँच भएका निर्माण व्यवसायीको अटेरी, आयोजना र कार्यालय प्रमुख तथा सरोकारवालाले चासो नदिनाका साथै पर्याप्त बजेट नआउने, निर्माण व्यवसायीले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाउन नसक्दा आयोजनाहरु अलपत्र बनेका म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

स्थानीयस्तरको विवाद समयमै सहजीकरण र समाधान नहुनु, नदीजन्य निर्माण सामग्रीको असहजता, स्वार्थ समूहको चलखेल, अनुगमन र नियमन गर्ने पर्याप्त प्राविधिक जनशक्तिको कमी पनि आयोजना अलपत्र हुनाका कारण देखिएका छन् ।

वि.सं.२०८० वैशाख ६ बुधवार १४:०७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...