back
NMB ad

वीर अस्पताल र गरुड सपोर्ट सर्भिसेजले पारिश्रामिक नदिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा

Kumari bank ad

काठमाडौं । वीर अस्पतालमा कार्यरत कर्मचारीहरुलाई वीर अस्पताल र गरुड सपोर्ट सर्भिसेज प्रालिले पारिश्रामिक नदिएको भन्दै नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनले पत्रकार सम्मलेनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

आज (बुधबार) सो संगठनले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल वीर अस्पताल महाबौद्ध, काठमाडौंमा सरसफाई श्रमिकहरूले समयमै पारिश्रमिक नपाएको भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
संगठनले वीर अस्पतालमा श्रमिक आपूर्तिकर्ता कम्पनी गरुड सपोर्ट सर्भिसेज प्रालिमार्फत श्रमिकहरु अस्पतालमा कार्यरत रहेको बताउँदै अस्पताल प्रशासन र आपूर्तिकर्ता कम्पनी गरुड सपोर्ट सर्भिसेजलाई पटक–पटक लिखित र मौखिक रूपमा भन्दापनि केही सुनुवाई नभएको दाबी गरेको छ।

गत फागुन १५ गते ७ दिनभित्र पारिश्रमिक भुक्तानी गर्न आपूर्तिकर्ता गरुड सपोर्ट सर्भिसेजलाई लिखितपत्र बुझाएको र त्यसको बोधार्थ सम्बन्धित निकाय र सरोकारवाला निकायमासमेत बुझाईसकेको संगठनले विज्ञप्ती जारी गर्दै जनाएको छ।

सो लिखितपत्र बुझाइसक्दापनि सुनुवाई नभएपछि गत चैत १६ गते नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनले संयुक्त रूपमा ‘पारिश्रमिक समयमै उपलब्ध गराइदिने सम्बन्धमा’ फेरि लिखित पत्राचार गर्नुका साथै, एक घण्टा नारासहित कोणसभा गर्दासमेत श्रमिकहरूले समयमै पारिश्रमिक आजसम्म पाउन नसकेको बताइएको छ।

वीरमा कार्यरत सरसफाई श्रमिकहरूले समयमा पारिश्रमिक नपाउँदा श्रमिकहरू मारमा परेको कुरा सम्बन्धित निकाय र सरोकारवालालाई अवगत भएको बताउँदै न्याय दिने निकायले नै अन्याय र विभेद गरेपछि श्रमिकहरू आसाध्यै ठूलो मार परेको संगठनले दुखेसो पोखेको छ। आफूहरुले काम गरेको पारिश्रमिक प्राप्त गर्न सधैं दुई÷तीन महिना कुर्नुपर्ने अवस्था रहेको, कानूनमा समयमै पारिश्रमिक भुक्तानी गर्ने व्यवस्था रहँदा पनि कार्यान्वयन नभएको उनीहरुले बताएका छन्।

श्रम ऐन, २०७४ को दफा ६१ श्रमिक आपूर्तिकर्ताको दायित्व र दफा ६४ मा मुख्यरोजगारदाताको दायित्व रहेको तर कानूनी दायित्व दुवैले वहन नगरेको संगठनले दाबी गरेको छ। वीर अस्पतालमा बिरामीको हेरचाह र सरसफाई गर्ने श्रमिकहरू भोकभोकै काम गर्नुपर्ने अवस्था आएको बताउँदै थोरै ज्याला भएको तर त्यो पनि समयमै नपाउँदा श्रमिकहरूको दैनिक जीवनमा कस्तो समस्या उत्पन्न भएको होला भन्दै प्रश्नसमेत गरेका छन्।

मानवअधिकार र प्राकृतिक न्यायको सिद्धान्त विपरित रहको बताउँदै संगठनद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘श्रमिकमाथि घोर अन्याय र अत्याचार हुँदा सम्बन्धित निकाय वा सरोकारवाला निकाय मौन बसेका छन्। सम्बन्धित निकाय वा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदासमेत ध्यानाकर्षण भएको छैन। यो गम्भीर विषय हो।’

संगठनले श्रमिकहरूमाथि अन्याय गर्ने मुख्यरोजगारदाता वीर अस्पताल र श्रमिक आपूर्तिकर्ता गरुड सपोर्ट सर्भिसेजलाई हदैसम्मको कानूनी कार्वाही हुनुपर्ने माग राखेको छ। अन्यायमा परेका श्रमिकहरूलाई न्याय दिलाउने काम राज्यले गर्नुपर्नेमा राज्यकै निकायमा श्रमिकहरू पारिश्रमिक नपाएर पिडित हुनुपर्ने अवस्था आएको बताइएको छ।

‘न्याय खोज्न कहाँ जाने? वीर अस्पताल जस्तो संवेदनशील संस्थामा श्रमिकहरूमाथि यस्तो व्यवहार हुन्छ भने अरु संस्थामा श्रमिकहरूको अवस्था कस्तो होला? यो साह्रै डललाग्दो अवस्था छ। श्रमिकहरूमाथि भएको अन्याय अत्याचार ऐना जस्तो छर्लङ्ग देखिँदा पनि कोहि चुक्क बोल्दैन। सामान्य श्रमिकहरूको आवाज सहज तरिकाले कसैले सुनेनन्। आवाज सुनाउनै पर्ने अवस्थामा हामी आइपुगेका छौं,’ जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

उनीहरुले पत्रकार सम्मेलन गर्नुको मुख्य कारण आफ्नो समस्यालाई आमसंचार मिडियाले सूचना सम्प्रेषण गर्ने र वीर अस्पतालमा कार्यरत श्रमिकहरूले न्याय पाउनेमा पूर्णरूपमा विश्वस्त रहेको बताएका छन्।

‘संविधानप्रदत्त मौलिक हकमाथि ठाँडै चुनौती दिँदासमेत सम्बन्धित निकाय मौन छ। वीर अस्पतालमा कार्यरत श्रमिकहरूले आफूले श्रम गरेको पारिश्रामिक वा सुविधा प्राप्त गर्न विगतमा पनि आन्दोलन गर्न परेको थियो। यो कस्तो बिडम्वना हो! श्रम माफियाको जालो तोड्न राज्य असफल भएको छ,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘श्रम बजारमा श्रम नगर्ने विचौलिया मोटाउने र श्रम गर्ने श्रमिकहरूले न्याय नपाउने अवस्था छ। श्रम बजारमा यो निकै डरलाग्दो अवस्था छ। ज्यालासमेत माग्न श्रमीकहरूले आन्दोलन नै गर्नुपर्ने अवस्था छ। ठेकेदारी प्रथा सदाको लागि अन्त्यको आन्दोलन अपरिहार्य बन्दै गएको छ।’

श्रम गरेको मूल्य माग्दा श्रमिक आपूर्तिकर्ताले वीर अस्पताललाई देखाउने, वीरले मन्त्रालय देखाउने र पन्छिने काम बारम्बार भएको संगठनको दाबी रहेको छ। संगठनले यो एक दुइचोटी मात्र नभएर बारम्बार चलिरहेको दाबी गरेको हो।

आफूले श्रम गरेको पारिश्रमिक श्रमिकहरूले समयमा पाउन नसक्दा घरको चुलो बल्न छाडेको, चुलो मात्र नभएर घर भाँडा, राशन पसल र बालबच्चाको स्कुलका भर्ना फीलगायत आर्थिक समस्या झेल्नु परेको दुखेसो पोखेका छन्।

संगठनले वीर अस्पतालले करार तथा दैनिक ज्यालादारीमा भर्ना गर्दासमेत पुराना श्रमिकमाथि विभेद र अन्याय गरेको अवस्था भएकोसमेत खुलासा गरेको छ। वीरमा लामो समय काम गरेका श्रमिकहरूलाई पहिलो प्राथामिकता दिनुपर्नेको साटो हाकिमका मान्छेले मात्र पहिलो प्राथामिकता पाउने गरेको खुलासा गरेको हो।

संगठनले श्रमिक आपूर्तिकर्ता गरुड सपोर्ट सर्भिसेज र वीर अस्पतालले कार्यरत श्रमिकहरूलाई समयमै पारिश्रमिक भुक्तानी गर्ने लिखित प्रतिबद्धता जाहेर नगरेसम्म वीर अस्पतालको प्राङ्गणमा दैनिक १ घण्टा विहान १० बजेदेखि ११ बजेसम्म प्लेकार्ड बोकी शान्तिपूर्ण धर्ना साथसाथै कोष सभा गर्ने घोषणा गरेको छ।

यस्ता छन् घोषणा गरिएको पहिलो चरणको आन्दोलनको कार्यक्रम
१. बैशाख १० गते १०–११ बजेसम्म १ घण्टा कालो व्यानर र प्लेकार्डसहित कोणसभा गरी आफ्नो नियमित काममा फर्कने।
२. बैखाख ११ गते १०–११ बजेसम्म १ घण्टा कालो व्यानर र प्लेकार्डसहित कोणसभा गरी आफ्नो नियमित काममा फर्कने।
३. बैखाख १२ गते १०–११ बजेसम्म १ घण्टा कालो व्यानर र प्लेकार्डसहित कोणसभा गरी आफ्नो नियमित काममा फर्कने।
४. बैखाख १३ गते १०–११ बजेसम्म १ घण्टा कालो व्यानर र प्लेकार्डसहित कोणसभा गरी आफ्नो नियमित काममा फर्कने।
पहिलो चरणको ४ दिनको शान्तिपूर्ण आन्दोलनबाट श्रमिकहरूको समस्या समधान गर्न श्रमिक आपूर्तिकर्ता गरुड सपोर्ट सर्भिसेज र वीर अस्पताल तयार नभए दोस्रो चरणको आन्दोलनका कार्यक्रम कडा भन्दा कडा घोषणा गरिने संगठनले घोषणा गरेको छ। जारीे विज्ञप्तीमा सुरक्षा क्षेत्र यूनियन परिषद्का इन्चार्ज प्रेमबहादुर काकीको हस्ताक्षर रहेको छ।

वि.सं.२०८० वैशाख ६ बुधवार १७:०८ मा प्रकाशित

You can share this post!

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...