back
NMB ad

नौ महिनामा झन्डै ११ खर्ब व्यापार घाटा, आयात र निर्यात दुवै घट्यो

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा मुलुकको कूल व्यापार घाटा झन्डै ११ खर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत चैतमसान्तसम्मको विवरण अनुसार व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको हो । चालु आवमा तरलता अभाव, अर्थतन्त्रमा मन्दी एवम् सरकारले समेत केही समय १० वटा सामाग्रीमा लगाएको रोकलगायतका कारण आयात व्यापार खस्किएकाले अघिल्लो वर्षको तुलनामा व्यापार घाटामा कमी आएको हो ।

नौ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबर भएको विभागले जनाएको छ । सो अवधिमा कूल ११ खर्ब १ अर्ब ५० करोडको आयात हुँदा एक खर्ब १८ अर्ब २७ करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ । नेपालको निर्यातमा पाम तेलको भूमिका अहम हुने गर्दछ । पाम तेलको भारत निर्यात घट्दै गएकाले पनि नेपालको निर्यातमा ठूलो गिरावट देखिएको हो ।

आर्थिक वर्ष २०७८र७९ को तुलनामा चालु आवको ९ महिनामा कूल व्यापार १८.८९ प्रतिशतले घटेको छ । गत आवमा कूल १६ खर्ब २७ अर्ब २३ करोड बराबरको व्यापार भएको थियो । गत आवमा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँको सामान आयात भएकोमा चालु आवको ९ महिनामा १८.०८ प्रतिशतले कमी आई १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो । गत आवको ९ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड बराबरको सामान निर्यात भएकोमा चालु आवको ९ महिनामा २६।३४ प्रतिशतले ओरालो लागेर एक खर्ब १८ अर्ब २७ करोड बराबरको सामान निर्यात भएको हो।

वि.सं.२०८० वैशाख ६ बुधवार १७:५१ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...