back
NMB ad

दोल्ती पावर कम्पनीको आईपीओ तपाइलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले कम्पनीको आईपीओ आज बाँडफाँड भएको जनाएको हो।

क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६८ हजार ९ सय ४६ जना आवेदक मात्र शेयर पाउनको लागि योग्य रहेको क्यापिटलले जनाएको छ । मागभन्दा बढीको आवेदन परेको योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको छ ।

गोलाप्रथा मार्फत१ लाख २७ हजार १ सय ८६ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीको आईपीओमा १३ लाख ३९ हजार ४४० आवेदकबाट १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ६२ हजार ६२० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

कम्पनीले १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । जसअनुसार १०० अंकित दरका कुल १० लाख ७२ हजार ९७२ कित्ता जारी भएको थियो।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरि सकेको छ। बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था थियो ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धको वेबसाइट :https://nicasiacapital.com/

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

वि.सं.२०८० वैशाख ८ शुक्रवार १५:३५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...