back
NMB Ad

आईएमई लाईफद्वारा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम संचालन

Royal Enfield Inside Page Banner

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । इन्स्योरेन्सले बैशाख ७ गते बिहीबार सो सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

कान्तिपथको होटेल यल्लो प्यागोडामा सम्पन्न उक्त तालिम कार्यक्रममा सातै प्रदेश अन्तर्गतका प्रमुख, क्षेत्रीय प्रमुख तथा ब्यवस्थापन समूह गरी ३० जनाको सहभागिता रहेको थियो ।

अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका कम्प्लायन्स प्रमुख ममता जयसवालले सम्पति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बिस्तृत प्रशिक्षण गराउनु भएको थियो ।

गैर कानूनी कमाइ र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धिकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रक्रियाहरु के के हुन, रिर्पोटिंग कसरी गर्ने आदि बिषयमा बिस्तृत जानकारी दिइयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पार्नु भएको थियो । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यले सम्पत्ति शुद्धिकरण प्रक्रिया र औचित्य बारेमा प्रकाश पार्नु भएको थियो ।

वि.सं.२०८० वैशाख १० आइतवार १७:२९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति   

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति   

वि.सं.२०८१ माघ ३० बुधवार १३:२२

काठमाडौँ : नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा...

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प   

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प   

वि.सं.२०८१ माघ ३० बुधवार १३:१५

काठमाडौँ : जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको...

जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट माग   

जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट माग   

वि.सं.२०८१ माघ ३० बुधवार ११:४७

टोकियो :  जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति...

वाणिज्य बैंकहरुको फागुन महिनाको लागि ब्याजदर तोकियो, कुनको कति ?

वाणिज्य बैंकहरुको फागुन महिनाको लागि ब्याजदर तोकियो, कुनको कति ?

वि.सं.२०८१ माघ ३० बुधवार ११:३३

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर तोकेका छन्...

तरकारी र फलफूलको मूल्य निर्धारण   

तरकारी र फलफूलको मूल्य निर्धारण   

वि.सं.२०८१ माघ ३० बुधवार ११:०९

काठमाडौँ : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार ११:००

काठमाडौं : समृद्धि फाइनान्स लिमिटेड, पुतलीसडक शाखाले शंकर देव क्याम्पसमा...