back
NMB ad

स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको लाइसेन्सका लागि तीन/तीन कम्पनीको आवेदन

Kumari bank ad

काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन समान तीन/तीन वटा कम्पनीको आवेदन परेको छ ।

नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिन रहेकोमा छ वटा कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

हिमालयन स्टक एक्सचेन्जले शुक्रबार आवेदन दिएको थियो भने नेसनल स्टक एक्सचेन्ज अफ नेपालले आइतबार दिउँसो निवेदन दिएकोमा आइतबार नै अन्नपूर्ण स्टक एक्सचेन्जले समेत आवेदन दिएको नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता तेजप्रसाद सापकोटाले बताए ।

बोर्डले एक वटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटिज एक्सचेन्ज सञ्चालन अनुमतिको लागि अनुमति माग गरेकोमा आइतबार आवेदन दिने अन्तिम दिन हो ।

स्रोतका अनुसार हिमालयन स्टक एक्सचेन्जमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरु पशुपति मुरारका, भवानी राणा, शेखर गोल्छासहित हिमालयन रिइन्स्योरेन्स कम्पनीका सञ्चालकहरुको मुख्य स्वामित्व रहेको छ । हिमालयनमा शंकर ग्रुपका शंकरलाल अग्रवालको मुख्य लगानीसँगै राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनि गुरुङ, आशिश श्रेष्ठ र दीपक भट्टको मुख्य लगानी रहेको बताइएको छ ।

नेशनल स्टक एक्सचेन्जमा भने गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछानेसहित वर्तमान अध्यक्षद्वय बद्री केसी र कुल आचार्यसहित सिद्धार्थ समूह र अग्नि समूहको मुख्य लगानी रहेको छ । स्रोतका अनुसार कम्पनीको सञ्चालकहरुमा क्याबिनेट दीपक तिमिल्सिना, महेश कुमार श्रेष्ठ, ऋषी अग्रवाल, अंकित केडिया रहेको बताइएको छ ।

त्यस्तै अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेती, अन्नपूर्ण मिडिया हाउसका रामेश्वर थापा र राष्ट्र बेंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेल समेत रहेको बताइएको छ ।

नेपाल धितोपत्र बोर्डले ३ वटा निवेदनमध्ये एक वटालाई स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिनेछ।
बोर्डका अनुसार कमोडिटिज एक्सचेन्ज सञ्चालनका लागि पनि ३ वटा आवेदन परेको छ ।

सहप्रवक्ता सापकोटाका अनुुसार मल्टि डेरिभेटिज एक्सचेन्ज (मेक्स), मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज र हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्जले कमोडिटी एक्सचेन्ज सञ्चालनको लागि आवेदन दिएको छ । ३ वटा आवेदकमध्ये बोर्डले २ वटा कम्पनीलाई कमोडिटिज एक्सचेन्ज सञ्चालनको अनुमति दिनेछ ।

वि.सं.२०८० वैशाख १० आइतवार १७:४८ मा प्रकाशित

You can share this post!

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...