back
NMB ad

जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि

Kumari bank ad

टोकियो । कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ ।

विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअनुसार जनवरी–मार्चको त्रैमासिक अवधिमा जापानका होटलको एक कोठाको २४ घण्टाको औसत मूल्य १६ हजार १२५ येन (करिब १२० अमेरिकी डलर) रहेको छ । यो सन् २०१९ को सोही अवधिको तुलनामा करिब १५.७ डलरले बढी हो ।

एसटीआरको तथ्याङ्क अनुसार टोकियोमा होटलको औसत मूल्य २१ हजार ५८७ येन ९करिब १६० डलर० अर्थात् देशकै सबैभन्दा बढी पुगेको छ । सन् २०१९ को तुलनामा यो १७ प्रतिशत बढी हो ।

एसटीआरले आन्तरिक यात्रालाई बढावा दिने उद्देश्यले सरकारी अनुदान कार्यक्रमको कार्यान्वयन र देशमा हालै कोभिड–१९ प्रतिबन्धहरू खुकुलो पार्नुका साथै येनको कमजोरी र बढ्दो उपभोक्ता मूल्यलाई पनि यो वृद्धिको श्रेय दिएको छ ।

वि.सं.२०८० वैशाख ११ सोमवार १२:४२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...