काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।
कम्पनीले ३१ औं (आव २०७३/७४ )वार्षिक साधारण सभाबाट पारित लाभांश लिन अनुरोध गरेको हो ।
कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय काठमाडौं, नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गरी १ महीना भित्र उक्त लाभांश लिन अनुरोध गरेको हो ।
सो अवधिभित्र लाभांश रकम लिन नआए उक्त भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन, २०६३को दफा १८३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ।
वि.सं.२०८० वैशाख १३ बुधवार १७:१५ मा प्रकाशित