काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको १९ प्रतिशत बोनस बापतको ४१ लाख ७० हजार ५४७.५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् सो सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०८० वैशाख १४ बिहीवार १०:५८ मा प्रकाशित