back
NMB ad

विरोधको नयाँ शैली : पानीको हाहाकार भएको भन्दै चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रित्तो गाग्रीको लाइन

Kumari bank ad

काठमाडौं । खानेपानीको हाहाकार भएको भन्दै चन्द्रागिरी नगरपालिकाका महिलाहरु नारा लगाउँदै नगरपालिका भवन प्रवेश गरेका छन्।

उनीहरूले नगरपालिकाको कार्यालयमा मेयरको कार्यकक्षसम्मै रित्तो गाग्रीको लाइन राखेर विरोध प्रदर्शन गरिहेका छन्।

उनीहरुले रित्ता गाग्रीमा ‘एकिकृत खानेपानी योजना लागु गर’, ‘बलम्बुमा खानेपानी अभाव भयो, तपाईंले केही बोलिदिनु न प्लिज’, ‘खानेपानी ऐन तुरुन्त लागु गर’, ‘खानेपानी समस्याको दीर्घकालिन समस्या समाधान गर’ जस्ता माग लेखिएको नारा गाग्रीमा टाँसेका छन्।

नगरपालिकाका मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन लगाउनुअघि प्रदर्शनकारीहरुले शुद्ध पिउने पानी आफूहरुको पहिलो अधिकार भएको लगायतका विभिन्न नारा लगाउँदै नगरपालिका भवन प्रवेश गरेका थिए।

उनीहरूले करोडौंको नगरपालिका भवन बनाउन सक्ने नगरपालिकाले खानेपानी समस्या समाधान गर्न नसकेको भन्दै विरोध जनाएका छन्।

रित्ता गाग्री नगरपालिका भवनको ढोका र परिसरमा लहरै लाइन राखेको सामाजिक संजालमा सार्वजनिक तस्विरमा देख्न सकिन्छ। चन्द्रागिरी नगरपालिका क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो नगरपालिका हो।

काठमाडौं जिल्लाको दक्षिणपश्चिम भेगमा रहेको यो नगरपालिका भित्र थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ लगायतका क्षेत्रहरू पर्दछन् । यो नगरपालिकामा १५ वटा वडा रहेका छन्।

वि.सं.२०८० वैशाख १७ आइतवार १३:५८ मा प्रकाशित

You can share this post!

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...