back
NMB ad

घोराही सिमेन्टले प्रिमियममा आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज अर्थात बैशाख १९ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

सो शेयरमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुले ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा छिटोमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई छुट्याइएको शेयरमा पूर्ण आवेदन नपरेमा जेठ १७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इण्डष्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

वि.सं.२०८० वैशाख १९ मंगलवार ०९:२८ मा प्रकाशित

You can share this post!

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४२

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको...

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार जना नाबालक   

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार जना नाबालक   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:२४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति...

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला   

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:१९

पूर्णप्रसाद मिश्र काठमाडौँ, ३० वैशाख : आराध्यदेव पशुपतिनाथ मन्दिरको पूर्वमा...

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई   

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:०७

त्रिवेणी (नवलपरासी), ३० वैशाख : पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका...

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने   

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:०३

गोदावरी (ललितपुर), ३० वैशाख :आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम...

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:५७

काठमाडौ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...