back
NMB ad

माई खोला हाइड्रोपावरको आइपीओ तपाइलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँड भएको हो ।

वैशाख १२ गते अन्तिम दिनसम्ममा १३ लाख ३१ हजार २३८ जना सर्वसाधारण आवेदकले १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १२ लाख ६९ हजार ४११ कित्ता शेयरको ११.६६ गुणा बढी आवेदन हो ।  माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार कुल १ लाख २६ हजार ९ सय ४१ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि १ लाख २६ हजार ९ सय ४० जनाले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको सेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता सेयर कर्मचारीमा बाँडफाँड गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड गरिसकेको छ ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धको वेबसाइट :https://www.prabhucapital.com/

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

वि.सं.२०८० वैशाख १९ मंगलवार १०:०५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:१३

काठमाडौँ, १६ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०९

काठमाडौँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि...

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०३

काठमाडौँ, १६ वैशाखः नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा...

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...