काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समितिको सभापतिमा अम्बिका पौडेल मनोनित भएका छन् ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लोकप्रयि मतका साथ दोस्रो कार्यकालका लागि एसोसिएट तर्फ विजयी कार्यसमितका सदस्य पौडेललाई मनोनयन गरेका हुन् ।
मनोनयन पत्र बुझ्दै सभापति पौडेलले अध्यक्षज्यूले गर्नुभएको विश्वासलाई कार्यक्षेत्रमा प्रमाणित गर्ने प्रण गर्छु भन्दै सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गरेका छन् ।
पौडेलको फसबुक स्टाटस
वि.सं.२०८० वैशाख १९ मंगलवार ११:५१ मा प्रकाशित