back
NMB ad

यातायात कार्यालयका उपसचिव भट्टराई विरुद्ध १ करोड १५ लाख भ्रष्टाचार मुद्दा

Kumari bank ad

काठमाडौं । यातायात व्यवस्था कार्यालय बागमती सुकेधारा काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो कायम गरी मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

भट्टराई र निजको एकासगोलको परिवार सदस्यको आय तथा आयस्रोत र व्ययको विश्लेषण गर्दा उनले १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको अख्तियारले जनाएको छ ।

त्यसका साथै उपसचिव भट्टराईले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढाएको सम्पत्ति र स्रोत खुलेको सम्पत्ति समेत आफ्नी पत्नी मुना अधिकारी भट्टराई एवं छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरूको नाममा रहेको सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र मुना अधिकारी भट्टराई,उत्सुक भट्टराई र प्रेरिका भट्टराईलाई समेत प्रतिवादी कायम गरेको जनाएको छ ।

त्यस्तै भट्टराईकी आमा इन्दिरा भट्टराईको नाममा रहेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, ०५९ बमोजिम प्रतिवादी कायम गरी जफत गर्नुपर्नेमा इन्दिराको मृत्यु भएको देखिएकाले सम्पत्ति जफतका लागि मात्र स्वर्गीय इन्दिरा भट्टराईलाई समेत प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।

वि.सं.२०८० वैशाख १९ मंगलवार १७:४२ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...