मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुखमा जमिन भासिएर आउजाउ रोकिएपछि गजुरी गाउँपालिकाको जरेखेल र आदमघाट क्षेत्रमा रोकिएको सवारीको लाइन ।
धुनिबेसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ जोड्ने पुलमा सोमबार दिउसोेदेखि १८ घण्टा भन्दा बढी सवारी आवागमन ठप्प थियो ।
मंगलबार बिहान १० बजेसम्म सवारी एकतर्फी खुलाईए पनि साँझसम्म नै टाढा टाढादेखि थुप्रिएका सवारीको चापले पृथ्वी राजमार्ग अस्तव्यस्त नै रह्यो । तस्बिरः शंकर श्रेष्ठ / रासस
वि.सं.२०८० वैशाख १९ मंगलवार २०:१६ मा प्रकाशित