काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वाबलम्बन लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको १५ प्रतिशत बोनस बापतको १६ लाख ८३ हजार २५५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् सो सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०८० वैशाख २० बुधवार १४:४५ मा प्रकाशित