काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बिहीबार एक कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ सूचिकृत भएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानियका लागि वितरण गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारणको लागि वितरण गरेको ( सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारी समेत ) लाई १५ लाख २० हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ५३ लाख २० हजार कित्ता गरेर कुल ७६ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि ९२ रूपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैंयासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एमएकेएआर’ रहेको छ ।
वि.सं.२०८० वैशाख २१ बिहीवार १२:३४ मा प्रकाशित