काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै चार्टड एकाउन्टेन्ट र सेमि क्वालिफाइड चार्टेट एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सल केन्द्रिय कार्यालयको लागि १ जनाका दरले दुुई पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिएर उत्तिर्ण उम्मेदवारले फाइनान्स विभागमा काम गनुपर्ने इन्स्योरेन्सले जनाएको छ । इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी इन्स्योरेन्सको इमेल मार्फत आवेदन दिन कम्पनीले बताएको छ ।
वि.सं.२०८० वैशाख २२ शुक्रवार १३:०१ मा प्रकाशित