back
NMB ad

आगामी आर्थिक वर्षको बजेट तयारीकालागि पूर्व अर्थ मन्त्रीहरुसंग अर्थ मन्त्रीको छलफल

Kumari bank ad

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीकालागि पूर्व अर्थ मन्त्रीहरुसंग छलफल गर्नुभएको छ । पूर्व अर्थ मन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझावहरु दिनु भएको छ ।

छलफलमा पूर्व अर्थ मन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो । छलफलकाक्रममा अर्थ मन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफु प्रयासरत रहेको र यसकालागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफु लागि परेको जानकारी गराउनुभयो । साथै उहाँले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताउनुभयो । अर्थ मन्त्री महतले अन्य पूर्व अर्थ मन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।

वि.सं.२०८० वैशाख २२ शुक्रवार १७:५६ मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

वि.सं.२०८१ असार १ शनिवार १७:२८

काँक्रेविहार (सुर्खेत) १ असार : कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका...

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

वि.सं.२०८१ असार १ शनिवार १५:३७

जलेश्वर, १ असार: महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका...

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

वि.सं.२०८१ असार १ शनिवार १५:२९

काठमाडौँ, १ असारः काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही...

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

वि.सं.२०८१ असार १ शनिवार १५:२५

सिन्धुपाल्चोक, १ असार : हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम...

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ असार १ शनिवार १५:२१

फुङ्लिङ, १ असार : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६...

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार १ शनिवार ११:०१

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको...