back
NMB ad

समस्याग्रस्त यी ४ सहकारीले बचतकर्ताको पैसा फिर्ता गर्न थाल्यो

Kumari bank ad

काठमाडौं । सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये ४ सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको हो ।

सहकारी ऐन, २०७४ अनुसार सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५/०७६ मा यी ४ वटै सहकारीलाई समस्याग्रस्त घोषणा गरेका सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न थालेका हुन् ।

समितिका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार स्ट्याण्डर्ड मल्टीपर्पोज को-अपरेटिभ र कुवेर बचत तथा ऋण सहकारीका बचतकर्ताको सबै रकम फिर्ता भइसकेको छ ।

त्यसैगरी, सोसाइटल बचत तथा ऋण सहकारी संस्थालको बचत फिर्ता हुँदै छ । संस्थाको १३ करोड दाबी फिर्ता हुने अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । मागदाबी गर्ने सबै बचतकर्ताले रकम फिर्ता पाउनेछन् । अन्य सहकारीको पनि क्रमसः फिर्ता गरिने पौडेलले जानकारी दिए ।

सरकारले विभिन्न १२ सहकारीलाई समस्याग्रस्त सहकारी घोषित गरेको थियो । समस्याग्रत घोषित अन्य सहकारीहरुमा ओरेन्टल को-अपरेटिभ, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को-अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी, कोहीनुर हिल बचत तथा ऋण सहकारी संस्था र कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् ।

त्यसैगरी, भेगास बचत तथा ऋण सहकारी संस्था, स्ट्याण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ र लुस्निभा बहुउद्देश्यीय सहकारी संस्था पनि समस्याग्रस्त घोषित सहकारी हुन् ।

वि.सं.२०८० वैशाख २३ शनिवार १३:२८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...