back
NMB ad

सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा

Kumari bank ad

बैतडी । पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । नगरपालिकाभित्र रहेका १५ सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिनुभयो ।

नौ सहिद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बिमा गरिदएको हो । स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा नगरपालिकाले बिमा गरिदिएको हो । पन्ध्र परिवारको रु तीन हजार पाँच सयका दरले स्वास्थ्य बिमावापतको प्रिमियम शुल्क नगरपालिकाले व्यहोर्ने उपप्रमुख बोहराले बताउनुभयो ।

पाँच जनासम्म सदस्य सङ्ख्या रहेको परिवारको रु तीन हजार पाँच सयमा एक वर्षका लागि स्वास्थ्य बिमा गर्ने गरिन्छ । सोवापत बीमित परिवारले रु एक लाखसम्मको उपचार सुविधा पाउँछन् । बीमित परिवारले सूचीकृत स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउने गर्दछन् । नगरपालिकाले यसअघि रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडी घर भएका नेपाली कामदारको निःशुल्क बिमा पनि गरिदिएको छ । यसअघि सो नगरपालिकाले सहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो । प्राप्त नामावली आएका १५ सहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई दोसल्ला प्रमाणपत्र र रु पाँच हजारसहित सम्मान गरिएको नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो । यस्तै उनीहरूलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान कार्यक्रम चालु आर्थिक वर्षको नगरसभाबाट स्वीकृत गरेको थियो ।

वि.सं.२०८० वैशाख २३ शनिवार १७:०० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...