back
NMB ad

सिभिल लघुवित्तद्वारा व्यवस्थापकीय क्षमता अभिवृद्धि तालिम सम्पन्न

Kumari bank ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले Managerial Capacity Enhancement Training कार्यक्रम सम्पन्न गरेको छ । बैशाख १९ देखि २१ गते सम्म द कुटी रिसोर्ट, पोखरामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारी सहित करिब १०० जनाको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद सहित बधाई दिंदै नेपालमा लघुवित्त संस्थाहरुले विपन्न वर्गलाई प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको परिवेशमा विगत केही समयदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बावजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफनो सेवाहरु उच्च मनोवलका साथ निरन्तररुपमा प्रदान गर्दै आफनो कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

साथै ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरु वीच तिव्र प्रतिस्पर्धा रहेको वर्तमान अवस्थामा नीति नियम पूर्वक जिम्मेवारी र गुणस्तर सहितको व्यवसाय सञ्चालन र विस्तारको लागि संस्थामा कार्यरत जनशक्तिको भूमिका प्रमुख रहने भएकोले कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धिको लागि संस्थाले यस किसिमका तालिमको आयोजना गरेको र भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाट तालिमहरु प्रदान गर्दै जाने योजना रहेको वताउनु भयो ।

तालिम समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष सचिन जङ्ग रायमाझी तथा सञ्चालकहरुले सहभागीहरुसँग अन्तक्रिया गर्दै तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको वारेमा जानकारी लिई सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । साथै, सञ्चालक समितिका अध्यक्ष श्री सचिन जङ्ग रायमाझीले आर्थिक वर्ष २०७८/७९ मा विविध विधामा सर्वोत्कृष्ट हुन सफल शाखा कार्यालयहरुलाई पुरस्कृत गर्नुभएको थियो । संस्थाले हासिल गरेको प्रगतिमा कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको थप उन्नती र प्रगतिको लागि लघुवित्त क्षेत्रमा हाल देखा परेका चुनौतिहरुबाट विचलित नभईकन दत्तचित्त भएर कार्य गर्न शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै रु. १ अर्ब ६ करोड बचत संकलन गरी रु. ४ अर्ब ३७ करोड लगानी रहेको छ ।

वि.सं.२०८० वैशाख २४ आइतवार १७:१९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...