back
NMB ad

ईङवा हाइड्रोपावरको आइपीओ बाँडफाँड कहिले हुँदैछ ? यस्तो छ तयारी

Kumari bank ad

काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बैशाख २७ गते बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज बैशाख २४ गते प्रिअलटमेन्ट सम्पन्न भएकोले बुधबार बिहान ९ बजे क्यापिटलको कार्यालय ठमेलमा बाँडफाँड जानकारी दिएको छ ।

कम्पनीको आइपीओमा १ अर्ब ३७ करोड ८० लाख ८० हजार रुपैयाँको आवेदन परेको छ । १० लाख ५९ हजार ९०१ आवेदकले १ करोड ३७ लाख ८० हजार ८०० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणको लागि निष्काशनमा ल्याएको १२ लाख ६८ हजार ६३९ कित्ता शेयरको १०.८६ गुणा बढी हुन्छ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै शेयर पाउनेछन् । ति मध्य ९ जना भाग्यमानी आवेदकले ११ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँड नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारण लगानीकर्ताले अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।

वि.सं.२०८० वैशाख २४ आइतवार १७:४५ मा प्रकाशित

You can share this post!

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४८

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही...

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:०६

काठमाडौं । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा...

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:५६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० चैत्र मसान्तमा सूचीकृत...

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४९

काठमाडौँ, ३० वैशाखः चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश...