back
NMB ad

यूनिटेक हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

Kumari bank ad

काठमाडौं । यूनिटेक हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरिने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । कम्पनीको आइपीओ निष्काशन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धको नियुक्त गरेको छ ।

यूनिटेक र लक्ष्मी क्यापिटलबीच सेयर निष्काशन तथा बिक्री प्रबन्धकबारे सम्झौतामा हस्ताक्षर भएको छ । लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावर को तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त परियोजना निर्माणको काम ९० प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको यूनिटेकले जनाएको छ ।

वि.सं.२०८० वैशाख २५ सोमवार १३:४७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...