back
NMB ad

डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु   

Kumari bank ad

मालापुरम, केरला, २५ वैशाख ।  भारतमा एउटा पर्यटक डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुङ्गा दुर्घटनाको थप कारण स्पष्ट हुन सकेको छैन ।

दर्जनौं मानिसहरूले रातभर आंशिक रूपमा डुबेको डुङ्गा र वरपर बाँचेकाहरूको खोजी शुरू गरेका र खोजी सोमबारसम्म जारी राखिएको थियो ।

एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ । छ जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उद्धार कार्य जारी छ ।

स्थानीय प्रकाशन ओन्मानोरमाका अनुसार दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

पति र छोरीसँगै डुङ्गामा रहेकी रजिसाले डुङ्गामा सवार अधिकांश यात्रु बालबालिका रहेको र यात्राका क्रममा डुङ्गाबाट धुवाँ निस्केको बताउनुभयो ।

डुङ्गामा ठोक्किएर घाँटीमा चोट लागेकी रजिसाले भन्नुभयो, “हामी लाइफ ज्याकेट लगाएका कारण मात्र बाँच्न सफल भयौं ।”

उहाँले आफू र आफ्नो परिवारका लागि तीनवटा लाइफ ज्याकेट ल्याइएको र डुङ्गाको माथिल्लो डेकमा रहेका बालबालिकालाई चारवटा ज्याकेट दिइएको बताउनुभयो ।
उहाँले ओन्मानोरलाई दिएको जानकारीमा भन्नुभयो, “डुङ्गा यात्रामा निस्केको केही समयपछि डुबेको थियो । डुङ्गा डगमगाउन थालेपछि सबैजना एकछेउमा जम्मा भए अनि डुङ्गाबाट मानिस पानीमा खसे ।

उहाँले घटनाकारे थप व्याख्या गर्दै बताउनुभयो, “म मेरो बच्चाको अगाडि लडेँ र पानीमा डुबेँ । डुङ्गा पानीमा खसेका मानिसहरूको माथिबाट पल्टियो । डुङ्गामा अधिकांश बालबालिका थिए ।”

एनडिटिभीका अनुसार राष्ट्रिय विपद् प्रतिकार्य बल र भारतीय तटरक्षकबलका कर्मचारीसहित उद्धार टोलीले पानीमुनिको क्यामेराप्रयोग गरेर हराइरहेकाहरूको खोजी गरिरहेका छन् ।

राज्यको विपक्षी काङ्ग्रेस पार्टीका राजनीतिज्ञ भीडी सतीसनले दुर्घटना हेलचक्र्याँइका कारण भएको भन्दै यसको छानबिनको माग गर्नुभएको छ ।

केरलाका खेलकुद तथा मत्स्यपालन मन्त्री भी अब्दुरहिमानले मृत्यु हुनेमा अधिकांश विद्यालय बिदामा रहेका बालबालिका रहेको बताउनुभएको छ ।   डुङ्गामा करिब ३० जना सवार रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० वैशाख २५ सोमवार २०:१८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...