back
NMB ad

हिमालयन लाइफका नव नियुक्त अध्यक्ष अग्रवालले लिए शपथ

Kumari bank ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।

प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ मर्जर भएर आजदेखि हिमालयन लाइफको नाममा एकिकृत कारोबार शुभारम्भ भएको छ ।

मर्जर पछि सञ्चालक समितिमा युनियन लाइफको तर्फबाट अध्यक्ष सुलभ अग्रवाल सहित जीवन कुमार अग्रवाल नियुक्त भएका छन् । त्यस्तै साविक प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिला केसी थापा नियुक्त भएका छन् । साविक गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त भएका छन् । साविक युनियन लाइफकै कम्पनी सचिव इश्वर कुमार सेढाइले निरन्तरता पाएका छन् ।

हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृत पनि साविक युनियन लाइफकै मनोज कुमार लाल कर्णले निरन्तरता पाएका छन् । नायव प्रमुख कार्यकारी अधिकृतमा गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कर्ण र साविक युनियन लाइफका कपिल कुमार दाहाल रहेका छन् ।

वि.सं.२०८० वैशाख २६ मंगलवार १४:१७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...