काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ ।
यी दुई इन्स्योरेन्स एक आपसमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट बैशाख २७ गते देखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो ।
सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार बैशाख २७ गते देखि रोक्का गरिदिएको नेप्सेले जनाएको छ ।
वि.सं.२०८० वैशाख २६ मंगलवार १५:४८ मा प्रकाशित