back
NMB ad

हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार सुरु, चुक्ता पुँजी ८ अर्ब २ करोड

Kumari bank ad

काठमाडौं, वैशाख २७ । साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले २०८० वैशाख २६ गतेबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ ।

यी तीन कम्पनीले एक वर्षअघि (२०७९ वैशाख २९ गते) मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा एकीकृत कारोबारको औपचारिक शुभारम्भ गर्नुभएको थियो । उहाँले नयाँ कम्पनीको प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभएको थियो ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले जीवन बीमा आम जनताको जीवनमा अपरिहार्य रहेकोले गरिब र न्यून आय भएका जनताको बीचमा पुगेर जीवन बीमा व्यवसाय गर्न निर्देशन दिनुभयो । उहाँले तीनवटा कम्पनी गाभिएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेकोमा कम्पनीसम्बद्ध सबैलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिनुभयो ।

यो घटना नेपाली बीमा कम्पनीहरुका लागि ऐतिहासिक भएको उहाँको टिप्पणी छ । तीनवटा कम्पनी एकआपसमा गाभिँदा ठूलो चुक्ता पुँजी भई कम्पनी थप शक्तिशाली बनेको पनि उहाँले बताउनुभयो ।

मंगलबार बिहान कम्पनी अध्यक्ष सुलभ अग्रवालले नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको थियो ।

एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले एक वर्ष मर्जर अभियानमा सक्रिय सबैमा कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा देशकै नम्बर १ कम्पनी बनेर बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गत वर्ष चैतमा नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने नीति ल्याएपछि जीवन बीमा कम्पनीतर्फ यी तीन कम्पनीले पहिलोपटक मर्जर सम्झौता गरेका थिए । यी कम्पनीले तीनवटा संस्था गाभ्ने चुनौतीपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेका छन् ।

जीवन बीमा क्षेत्रको बिग मर्जरबाट बनेको हिमालयन लाइफ इन्स्योरेन्स धेरैवटा सूचकमा अगाडि पुगेको छ । जीवन बीमा क्षेत्रमा चुक्ता पूँजीका हिसाबले हिमालयन दोस्रो ठू्लो, जीवन बीमा कोषका हिसाबले चौथो ठूलो र शाखा सञ्जालको हिसाबले सबैभन्दा नम्बर १ कम्पनी बनेको छ । कर्मचारी संख्यामा पनि नम्बर १ बनेको छ । नवीकरण गरेका अभिकर्ताको संख्याका आधारमा पनि हिमालयन लाइफ सबैभन्दा अगाडि छ ।

मर्जरबाट भनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हिमालयन लाइफको जगेडा कोषमा ९० करोड रुपैयाँ छ । जीवन बीमा कोषमा ५० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । त्यसैगरी प्राकृतिक विपद् कोषमा ३३ करोड १० लाख रुपैयाँ पुगेको छ । सम्पत्तिमा लगानी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

मर्जरपछि कम्पनीको कुल लगानी ५१ अर्ब ९५ करोड पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल बीमा शुल्क संकलन ७८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यी तीन कम्पनीले ४० हजार ६३७ वटा बीमा पोलिसीको दाबी भुक्तानी गरिसकेका छन् । हालसम्मको दाबी भुक्तानी रकम १५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

साबिक तीन बीमा कम्पनीहरुले ५ लाख १२ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरेका छन् । हिमालयन लाइफको अभिकर्ता सञ्जाल पनि सबैभन्दा ठूलो हुन पुगेको छ ।

वि.सं.२०८० वैशाख २७ बुधवार १३:४७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...