back
NMB ad

नेपाल बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ । वैशाख २७ गते बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गर्नुभएको हो ।

उक्त समाहरोह नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा सु–सम्पन्न भएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन प्रमुख अतिथी रहनुभएको उद्घाटन समारोहमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, बागमती प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पा, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख बाबुराम काफ्ले, खुमलटार शाखाका शाखा प्रवन्धक जय प्रकाश यादव तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधारण नागरिकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि कृष्ण बहादुर अधिकारीले स्थानीय जनता तथा संघ संस्थाहरुको धेरै पहिले देखिको अनुरोधलाई मनन गर्दै खुमलटार शाखा खोलिएको र ललितपुर महानगरपालिका वडा नं. १४, खुमलटार लगायत सम्पुर्ण ललितपुर महानगरपालिकाबासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएको धारणा राख्नुभएको थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा रहेको ललितपुर महानगरपालिकामा नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडको खुमलटार शाखाको आगमनको संयोगले खुमलटार र सम्पुर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमङ्ग पलाएको र यसले महानगरपालिकाको वित्तीय पहुँच तथा आर्थिक वृद्धिमा कोसेढुङ्गाको भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष अमृत जंग महतले स्थानीय स्तरमा बैंकहरुको कमी नभएको भए तापनि नेपाल बैंकको आगमनले स्थानीय स्तरमा बैंकिङ्ग क्षेत्रको विश्वसनियता अभिबृद्धि गर्न महत्वपुर्ण भूमिका खेल्ने बताउँदै नेपाल बैंकलाई वडाको तर्फबाट सम्पुर्ण सहयोग रहने धारणा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, बागमती प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पाले स्वागत मन्तव्य दिनुभएको थियो भने बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५४ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।
मिति ः वि.स. २०८० वैशाख २७ गते बुधबार

वि.सं.२०८० वैशाख २७ बुधवार २०:३६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...