back
NMB ad

फरवार्ड माइक्रोफाइनान्सको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

तेस्रो त्रैमाससम्म संस्थाले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९३.५५ प्रतिशतले कम हो। गत वर्षको यही अवधिमा संस्थाले ६७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको एनपीएल बढेर ५८८ प्रतिशत पुगेको छ। गत वर्षको यही अवधिमा कम्पनीको एनपीएल १।८६ प्रतिशत थियो।

खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ४८ करोड ५५ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज ६ करोड ५३ लाख रुपैयाँले ऋणात्मक थियो। लघुवित्तको कुल सञ्चालन आम्दानी २९.६७ प्रतिशत र सञ्चालन मुनाफा ९३.५० प्रतिशत घटेर ६ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ९६ करोड ५२ लाख रुपैयाँ रहेको थियो।

चुक्तापूँजी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १९ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ३२.०३ प्रतिशतले घटेर ७३ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ७ करोड रुपैयाँ थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०१ रुपैयाँ ३० पैसा घटेर ५.५१ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा संस्थाको ईपीएस १०६.८१ रुपैयाँ थियो। सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३३.२१ गुणा रहेको छ।

वि.सं.२०८० वैशाख २८ बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५६

काठमाडौँ, १ जेठ : सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत...

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५२

काठमाडौँ, १ वैशाखः सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा...

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४९

काठमाडौँ, १ जेठः सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने...

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४३

वासुदेव पौडेल  गण्डकी, १ जेठ : पृथ्वी राजमार्ग अन्तरगत पोखरा...

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४०

काठमाडौँं, १ जेठः सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने...

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३७

काठमाडौँ, १ जेठः सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री...