back
NMB ad

कमाउँदै पढ्दै प्राविधिक धारका विद्यार्थी   

Kumari bank ad

कञ्चनपुर, २८ वैशाख ।  शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै कमाउनेमा पनि संलग्न हुँदै आएका छन् ।

विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी पढ्ने विद्यार्थी कक्षाकोठामा बसेर पढाइ मात्रै गर्दैनन्, विद्यालयको स्वामित्वमा रहेको जग्गामा तरकारी खेती पनि गर्छन् । जैविक मल र जैविक विषादीको प्रयोग गरी विद्यार्थीले तरकारी खेती गर्दै आएका छन् । विद्यार्थीले उत्पादन गरेको तरकारी बारीबाटै बिक्री हुने गरेको छ । जैविक विधिबाट उत्पादन गरिने तरकारीको माग बढ्दो छ ।

विद्यालयमा पढ्ने कार्यसँगै प्रयोगात्मक कक्षामा सहभागी भई तरकारी खेती गर्दै आएको विद्यालयका आइएस्सी एजीका विद्यार्थी रोहित बोहराले बताउनुभयो । “विद्यालयमा पढ्ने कार्यसँगै, पकेट खर्च पनि पाउन थालेपछि पढाइ गर्न उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो ।

विद्यार्थीलाई विद्यालयले २० प्रतिशत सैद्धान्तिक ज्ञान (पाठयपुस्तक) र ८० प्रतिशत प्रयोगात्मक कक्षामा सहभागी गराउने गरेको छ । विद्यालयको जग्गामा विद्यार्थीले अहिले काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानी, तितेकरेला, लौका, भेँडेखुर्सानीलागयत तरकारी रोपेका छन् ।

विद्यालयको कृषितर्फको प्राविधिक धारमा एक सय विद्यार्थी अध्ययनरत रहेका छन् । पालैपालो तरकारीमा सिँचाइ गर्ने, मल राख्ने, रोगकिरा निदान गर्ने, गोडमेल गर्ने कार्य विद्यार्थीले गर्दै आएका छन् । तरकारी खेतीसँगै मौसमअनुसार धान, गहुँ, मुसुुरोलगायत दलहन र तेलहन बाली लगाइने गरेको विद्यालयका विद्यार्थी अनिल डगौराले बताउनुभयो ।

“खेतबारीमा खनजोत गोडमेलदेखि बीउ राख्ने र तरकारी उत्पादन गर्ने कार्यमा प्रत्यक्षरुपमा संलग्न हुने गरेका छौँ”, उहाँले भन्नुभयो, “व्यावसायिक खेती गर्ने तौरतरिकासँगै रोगकिरा रोकथामका लागि सहजरुपमा जानकारी पाइने गरेको छ, सिक्ने अवसर प्राप्त हुने गरेको छ ।”

खेती गर्नका लागि प्रयोग हुने कृषियन्त्र, औजार, उपकरणबारे विद्यार्थीलाई खेतबारीमै लगेर प्रत्यक्षरुपमा संलग्न गराई जानकारी दिने कार्य गरिँदै आएको विद्यालयका कृषि विषय अध्यापन गराउँदै आउनुभएका शिक्षक समीर धानुकले बताउनुभयो ।

“विद्यालयबाट पढेर गएका विद्यार्थी कृषि क्षेत्रमा सक्षम बनाउन प्रयत्न गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हालसम्म विद्यालयबाट कृषि पढेर गएका विद्यार्थीले बेरोजगार भएर बस्नुपरेको छैन, हालसम्म तीन दर्जन बढी विद्यार्थी सरकारी सेवामा कार्यरत रहेका छन्, केही आफ्नै एग्रोभेट खोलेर स्वरोजगार भएका छन् ।”

विद्यार्थीले विद्यालयको जग्गामा प्रतिवर्ष रु पाँच लाख बढीको तरकारी उत्पादन गर्दै आएका छन् । उत्पादन भएको तरकारी बिक्री गरी आएको ७५ प्रतिशत रकम विद्यार्थीलाई र २५ प्रतिशत रकम विद्यालयको कोषमा जम्मा गरिँदै आएको छ । विद्यार्थीले पाएको रकम शैक्षिक कार्यका लागि खर्च गर्ने गरेका छन् । विद्यालय कोषमा जम्मा हुने रकम विद्यार्थीका लागि कृषि औजार, उपकरण, बीउबिजन लगायतमा खर्च हुने गरेको छ ।

विद्यालयमा कृषि विषय पढ्दै आएका विद्यार्थीलाई खेती प्रणालीसँगै माछापालन, च्याउ उत्पादन गर्ने तरिकाबारे प्रत्यक्षरुपमा स्थलगत खटाइ प्राविधिक शिक्षा दिइने व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहले बताउनुभयो । माछापालनका लागि विद्यालयमा दुई पोखरी निर्माण गरिएका छन् ।

“विद्यालयकै भवनमा मौसमी र बेमौसमी च्याउ उत्पादन गर्न व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीका लागि बाली विज्ञानसम्बन्धी विद्यालयमै अत्याधुनिक प्रयोगशालासमेत सञ्चालनमा ल्याएका छौँ ।” तरकारी खेतीसँगै माछा र च्याउ बिक्री गरेको रकम विद्यार्थीले पाउने गरेका छन् ।

वि.सं.२०८० वैशाख २८ बिहीवार १३:२९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...