काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) समेत गरी जम्मा २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल नागरिक लगानी कोषको हालको चुक्ता पूँजी ४ अर्ब २५ करोड १० लाख ५७६ रुपैयाँ छ । अब उक्त लाभांश अर्थ मन्त्रालय र कोषको आगामी साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीमा वितरण हुनेछ ।
वि.सं.२०८० वैशाख ३१ आइतवार १२:१० मा प्रकाशित