back
NMB ad

नेपाल बैंकद्वारा विद्यालय भवन हस्तान्तरण

Kumari bank ad

काठमाडौं । नेपाल बैंकको आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गा.पा. वडा नं. ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाइ वैशाख २९ गते शुक्रवार हस्तान्तरण गरेको छ । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृती कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गा.पा. का अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी बाट संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त विद्यालय भवन हस्तान्तरण गरिएको हो ।

उक्त समारोहमा नेपाल बैंक लिमिटेडका मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रदिप कुमार पाठकको सभापतित्वमा सम्पन्न भएको थियो । परवानीपुर गा.पा. का अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी प्रमुख अतिथी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा परवानीपुर गा.पा. का उपाध्यक्ष सुगान्धी देवी, प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, परवानीपुर गा.पा. वडा नं. ४ का अध्यक्ष गम्भीरा राउत कुर्मी तथा विद्यालयका प्रधानाध्यापक मदन प्रसाद कुर्मी विशेष अतिथिको रुपमा रहनुभएको थियो ।

परवानीपुर गा.पा. वडा नं. ४ का पुर्व अध्यक्ष राजेन्द्र प्रसाद पटेल, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राम ठाकुर तथा राष्ट्रिय वाणिज्य बैंक मधेश प्रादेशिक कार्यालयका उप प्रमुख सन्ध्या सिंह लगायतका अतिथिहरुले उक्त कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

आदर्शनगर शाखाका शाखा प्रबन्धक कमल रेग्मी र विद्यालयका शिक्षक रोशन यादवले संयुक्त रुपमा संचालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय क्षेत्र आसपासका विभिन्न पेशा व्यवसायीहरु, विभिन्न संघसंस्थाका कार्यालय प्रमुख एवं कर्मचारीहरु, स्थानीय समाजसेवी, तथा सर्वसाधरणका साथै नेपाल बैंक लिमिटेडको मधेश प्रदेश अन्तर्गतका अधिकांश शाखाका शाखा प्रबन्धक लगायत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बैंकले विभिन्न क्षेत्रहरुमा छरिएर रहेको निक्षेप संकलन गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुका साथै देशको आर्थिक विकासमा योगदान गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व समेत जिम्मेवार ढंगले बहन गरिरहेको बताउनु भयो ।

२०७५ चैत्र १७ आईतवार बेलुका हावा हुण्डरी (टोर्नाडो) ले यस बारा जिल्ला परवानीपुर गाउँपलिका वडा नं. ४, चैनपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पुर्ण रुपमा क्षति पुगेको समाचार प्राप्त हुनासाथ बालबालिकाहरुलाई अध्ययनमा पुग्न सक्ने बाधा व्यवधानलाई मध्यनगर गरी तत्काल प्रक्रिया अगाडि बढाइएको र २०७६ बैशाख २९ मा बैंकद्वारा रु ५० लाख सहयोग गर्ने निर्णय गरिएको समेत जानकारी गराउनुभएको थियो । उहाँले विद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी तथा सम्मानित हुन पाउदा अत्यत्न हर्षित रहेको धारणा व्यक्त गर्दैै सम्बन्धित सबैलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

वि.सं.२०८० वैशाख ३१ आइतवार १७:०९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...