back
NMB ad

आजको मौसमः यी पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

Kumari bank ad

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वि.सं.२०८० जेठ १ सोमवार ०६:३६ मा प्रकाशित

You can share this post!

करेन्ट लागेर एकजनाकाे मृत्यु   

करेन्ट लागेर एकजनाकाे मृत्यु   

वि.सं.२०८१ जेठ १५ मंगलवार १३:१७

कृष्णनगर (कपिलवस्तु), १५ जेठ : कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर...

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने   

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:५६

काठमाडौँ, १५ जेठः प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले...

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:३२

काठमाडौँ, १५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि आयोजना गर्न...

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:२६

निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए...

बजेट भाषण गर्ने समय सर्‍याे   

बजेट भाषण गर्ने समय सर्‍याे   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:१५

काठमाडौँ, १५ जेठः आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको...

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:११

काठमाडौँ, १५ जेठ : राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको...