back
Kumari Bank

युनिक नेपाल लघुवित्तले एफपीओ बिक्री गर्ने, कति पाईन्छ खरिद गर्न ?

Nepal Bank

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले यही जेठ ११ गतेबाट साधारण सेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ।

संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ जारी गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गर्नेछ।

साबिकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको यो संस्थाको कुल चुक्तापुँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँको ९४.०१ प्रतिशतले हुन आउने संस्थापक समूहको १० करोड ४० लाख २ हजार ५०० र .१९ प्रतिशतले हुन आउने सर्वसाधारण समूहको ६६ लाख ३० हजार रुपैया बराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशनबमोजिम युनिक नेपालले एफपीओ जारी गर्न लागेको हो।

यो एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो एफपीओको निष्कासन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा जेठ २५ गते बैंकिङ समयपछि हुनेछ। युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

वि.सं.२०८० जेठ २ मंगलवार १०:०५ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

वि.सं.२०८२ असार २३ सोमवार १५:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त...

बीमा दाबीमा ढिलाइ गर्ने कम्पनीमाथि कारबाही हुन्छ : अध्यक्ष ओझा

बीमा दाबीमा ढिलाइ गर्ने कम्पनीमाथि कारबाही हुन्छ : अध्यक्ष ओझा

वि.सं.२०८२ असार २३ सोमवार १५:४८

विराटनगर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा दाबी...

पुर्नबीमा कम्पनीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

पुर्नबीमा कम्पनीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार २३ सोमवार १५:१५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा गिरावट आउँदा उच्च दरमा घट्यो यी कम्पनीको सेयर मूल्य

सेयर बजारमा गिरावट आउँदा उच्च दरमा घट्यो यी कम्पनीको सेयर मूल्य

वि.सं.२०८२ असार २३ सोमवार १५:०८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा   

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा   

वि.सं.२०८२ असार २३ सोमवार १४:४१

 काभ्रेपलाञ्चोक  : मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय...

दराजद्वारा ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा, अझै बढी आकर्षक तथा आश्चर्यजनक अफरहरु

दराजद्वारा ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा, अझै बढी आकर्षक तथा आश्चर्यजनक अफरहरु

वि.सं.२०८२ असार २३ सोमवार १४:१५

काठमाडौं । नेपालकै अग्रणी अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो...