back
NMB ad

विपद् जोखिम न्यूनीकरणका लागि अत्याधुनिक साइरन जडान   

Kumari bank ad

कञ्चनपुर, २ जेठ ।  विपद् जोखिम न्यूनीकरणका लागि शुक्लाफाँटा नगरपालिकाका तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोगमा विपद्को उच्च जोखिममा रहेका स्थानमा ती साइरन जडान गरिएका हुन् ।

नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णप्रसाद भट्टका अनुसार साइरनबाट आगलागी, हावाहुरी, बाढी, डुबान, जङ्गली जनावरलगायत विषयमा सहज रुपमा सूचना प्रवाह गर्न सकिने छ । “बीस सेकेन्डसम्मको सन्देश रेकर्ड गरेर सूचना प्रवाह गर्ने क्षमता साइरनमा छ”, उहाँले भन्नुभयो, “साइरनको आवाज एकदेखि डेढ किलोमिटरसम्म सुन्न सकिन्छ ।” विपद्सम्बन्धी सन्देश नगरपालिकाका महत्वपूर्ण सूचना जडान गरिएका साइरनमार्फत नगरवासीसम्म पु¥याउन मद्दत पुग्ने भएको छ ।

विपद्को उच्च जोखिममा रहेको वडा नं ८ को सिद्धनाथ मावि बेलडाँडी, वडा नं १२ को कार्यालय र वडा नं ५ को कार्यालयमा साइरन जडान गरिएका हुन् । साइरनको प्रणालीबाट विपद् जोखिम क्षेत्रमा एसएमएस, अनलाइन र साइरनको आवाजमा सूचना सम्प्रेषण हुनेछ । यस प्रणालीमार्फत विपद्का बेला नगरपालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट जारी गरिएका सूचना पनि प्रवाह गर्न सकिनेछ । यसका लागि पाँच सय मिटरको क्षेत्रमा रिमोटको सहायतामा साइरन सञ्चालन गर्न सकिन्छ ।

बाढीको उच्च जोखिम रहेका क्षेत्र तथा जङ्गली जनावरबाट असर परेका क्षेत्रमा साइरन जडान गरिएको नगरप्रमुख रणबहादुर महराले बताउनुभयो ।
साइरन जडान गरेपछि विपद्जन्य घटनाहरुमा कमी आउने विश्वास लिइएको र आवश्यकताअनुसार अन्य वडामा पनि विपद् जोखिम न्यूनीकरणका लागि कार्य अगाडि बढाइने उहाँको भनाइ थियो ।

“नगरपालिकामा सबैभन्दा ठूलो समस्या बाढी र जङ्गली जनावरकै हो”, नगर उपप्रमुख कल्पना पन्तले भन्नुभयो, “प्रत्येक वर्ष धनजनको क्षतिसँगै मानवीय क्षति हँुदै आएको छ, त्यस कार्यलाई न्यूनीकरण गर्न साइरन जडानले मद्दत पु¥याउँछ ।”

वि.सं.२०८० जेठ २ मंगलवार १३:३१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...