back
NMB ad

कृषकलाई अनुदानमा उपकरण

Kumari bank ad

ढोरपाटन, ३ जेठ । बागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रविधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराएको हो । कृषकलाई घाँस तथा पराल र छवाली काट्ने इलेक्ट्रिक चापाकटर, मिनीटेलर हलो र प्लास्टिक टनेल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

व्यक्तिगत कृषि दर्ता गरेका कृषक, सहकारी र कृषि समूहलाई यसपटक कृषि औजार उपलब्ध गराइएको अधिकारीको भनाइ छ । सत्रवटा चापाकटर, १८ वटा मिनिटेलर हलो, एक सय ४४ वटा प्लास्टिक टनेल वितरण गरेको उहाँले बताउनुभयो । सबै औजार ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको अधिकारीले बताउनुहुन्छ । कृषक र समूहले माग गरेअनुसार कृषि औजार नगरपालिकाले खरिद गरेर वितरण गरेको अधिकारीको भनाइ छ ।

उहाँले भन्नुभयो, “नगरपालिकाले कृषकलाई आवश्यक औजार माग गर्नका लागि सूचना आह्वान गरेका थियौँ, सोहीअनुसार रु तीन लााख ५० हजारको चापाकटर, साढे चार लाखको मिनीटेलर र साढे चार लाखकै प्लास्टिक टनेल वितरण भएको छ, कृषि सामग्री पाएपछि कृषक हर्षित हुनुभएको छ, यसले उहाँहरूलाई उत्पादन बढाउन मद्दत पुग्ने छ भने थप सक्रिय भएर कृषिकर्ममा लाग्न प्रेरणा मिल्ने छ ।”

कृषि औजार प्राप्त गर्नुभएका रुद्रावती कृषि सहकारी संस्थाका अध्यक्ष रेशमराज रेग्मीले नगरपालिकाले दिएको औजारले ग्रामीण क्षेत्रमा घाँस काट्न किसानलाई ठूलो मद्दत पुग्ने बताउनुभयो । उहाँले आधुनिक प्रविधिको विकाससँगै कृषिमा पनि आधुनिकीकरण हुन जरुरी रहेको भन्दै नगरपालिकाले कृषकलाई प्रविधिसँग जोड्न थालेको बताउनुभयो ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले कृषिमा आधुनिकीकरण गर्न कृषकलाई आधुनिक औजार वितरण गरेको बताउनुभयो । कृषि उपकरणले कृषकको समय बचत हुनुका साथै उत्पादन बढाउन टेवा पु¥याउने अपेक्षा लिएको उपप्रमुख कायतको भनाइ छ । परम्परागतरूपमा पशुपालन र खेतीपाती गर्दा परनिर्भरनै हुनुपरेको भन्दै अब हरेक कृषकलाई प्रविधिसँग जोड्ने उहाँले बताउनुभयो ।

उपप्रमुख कायतले भन्नुभयो, “हाम्रो नगरपालिकाभित्र धेरै खेतीयोग्य जमिन छन्, अहिलेसम्म कृषकले पुरानै शैलीमा कृषि गर्दा धेरै उत्पादन हुनसकेको छैन, वर्ष दिन काम गरेर छ महिना खान नपुग्ने अवस्था छ, यो अवस्था नयाँ प्रविधि नअपनाउँदा आएको हो, अब कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने र सामान्य ज्ञान दिने, उन्नत जातका बीउबिजन वितरण गरेर कृषिबाट आत्मनिर्भर बनाउने प्रयास हामीले गरिरहेका छौँ ।”

वि.सं.२०८० जेठ ३ बुधवार ११:४७ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...