back
NMB ad

बर्दियाको जब्दिघाट पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने   

Kumari bank ad

काठमाडौँ, ३ जेठ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्दियाको जब्दिघाट पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने भएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले अर्थ मन्त्रालयसँग बजेटका लागि छलफल भएको र अबको १० दिन भित्रमा ठेक्का प्रक्रियाका लागि सूचना प्रकाशित गर्ने जानकारी दिनुभयो ।

बर्दियाका स्थानीय जनप्रतिनिधि, सांसदलगायत सबैसँग सल्लाह गरेर सहमतिमा पुगेको उहाँको भनाइ छ । पुराना पुलको अदालतमा मुद्दा भएको र त्यसको आसपास नयाँ ठाउँमा पुलको ठेक्कामा जान लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नभयो, “अर्थ मन्त्रीसँग मन्त्रिपरिषद् बैठकमा कुराकानी हुँदा अर्थले बजेट सुनिश्चित गर्नुप¥यो र प्राविधिकरुपमा गर्नुपर्ने काम विभागले गरिरहेको बताएको छु ।”

सांसद गौतमलाई अनशन तोड्न आग्रह    

मन्त्री ज्वालाले हाल अनशनमा बसिरहनुभएका सांसद सञ्जय गौतमलाई अनशन तोड्न अनुरोध गर्नुभएको छ । अरु मन्त्रालयसँग सम्बन्धित विषय सम्बन्धित मन्त्रालय बोल्ने भए पनि आफ्नो मन्त्रालयले माग सम्बोधन गरेको उहाँको भनाइ छ । जब्दिघाट पुल निर्माण गर्नुपर्नेलगायतका माग गर्दै बर्दियाका सांसद गौतक आमरण अनशन बस्नुभएको छ । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको सो पुल पाँच वर्ष पहिले भत्केको थियो भने गत वर्षको बाढीले सबै संरचना बगाएको थियो ।

विकासका काम छिटो सम्पन्न भएर नागरिकले छिटो सुविधा पाउन् भन्ने कुरामा आफूले ध्यान दिइरहेको मन्त्री ज्वालाले बताउनुभयो । ‘क्रोनिक’ ठेक्काका विषयमा सकेसम्म लचिलो भएर काम गराउन लागिएको उहाँले बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन मन्त्रालय वा अन्य कुन मन्त्रालय वा निकायका कारण निर्माणमा अवरोध पुगेको हो सो निकायसँग अनुरोध गरेर वा दबाब दिएर कसरी हुन्छ काम गराउन लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि अवस्थामा काम नहुने र जनतालाई दुःख दिने र काम गर्नसक्ने अवस्था नभएमा मात्रै ठेक्का तोड्न लागिएको छ ।”

घोराहीको बबईदेखि तुलसीपुरसम्मको एक्जिम बैंकको सफ्ट लोनमा अघि बढेको सडक योजनाको ठेक्का तोडिएको उहाँले जानकारी दिनुभयो । सन् २०१९ मा दुई वर्षमा सकाउने गरी ठेक्का भए पनि अवधि थप्दासमेत १० प्रतिशत बाहेक प्रगति नभएकाले त्यो ठेक्का तोडिएको उहाँले बताउनुभयो । उहाँले बताउनुभयो, “त्यसपछि पनि निर्माण कम्पनीलाई पत्राचार र सम्पर्क गर्दा पनि वेवास्ता गरेकाले ठेक्का तोडिएको थियो ।”

मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले गत आर्थिक वर्षमा कतिपय पुराना ठेक्का सम्पन्न भएका र नभएको योजनामा पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइरहेको बताउनुभयो । सधैँ निर्माण व्यवसायीको कारणले मात्रै नभएर कहिलेकहिले भौगोलिकलगायतका कारणले निर्माणमा समस्या आउने गरेको उहाँले बताउनुभयो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले यस अघि पनि जब्दिघाट पुलका विषयमा कुरा उठेको र कुन विकल्पमा जान सकिन्छ भनी छलफल भइरहेको बताउनुभयो । अहिले आफू विभागका पुल महाशाखाका प्रतिनिधिसहित निर्माणस्थल पुगेर स्थानीयवासीसँग छलफल गरेर आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीसँग अहिले पुल भएको ठाउँभन्दा केही यताउता बनाउने गरी कुरा भएको छ ।”

वि.सं.२०८० जेठ ३ बुधवार २१:३० मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...