back
NMB ad

नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा उडान भर्ने ,भाडादर कति ?

Kumari bank ad

काठमाडौँ, ४ जेठ ।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

“नेपाल एयरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, सो अवसरमा मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ”, निगमका प्रवक्ता रमेश पौडेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार मलेसिया–भैरहवाका लागि रु १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाडौँका लागि रु १४ हजार सात सय २० भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस (यात्रु ओसार पसार गर्ने बस) को व्यवस्था गर्ने उहाँको भनाइ छ ।

निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट हाल निगमले साताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले हालै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले उल्लेख गरेको छ ।

वि.सं.२०८० जेठ ४ बिहीवार १७:१२ मा प्रकाशित

You can share this post!

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...