back
NMB ad

नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड   

Kumari bank ad

काठमाडौँ, ६ जेठ ।  नेपाल चेम्बर अफ कमर्सले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा जोड दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै चेम्बरले मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमको अवस्थामा रहेका बेला नीति कार्यक्रम परिणाममुखी हुने विश्वास लिएको छ ।

नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेटमार्फत सम्बोधन गर्न चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हालको आर्थिक मन्दी र लगानीमा देखिएको सङ्कुचनलाई नीति तथा कार्यक्रमले पर्याप्त मात्रामा समावेश गर्न सकेको छैन, आर्थिक स्थायित्व कायम गर्ने गरी आगामी बजेट आउन आवश्यक छ ।”

नीति तथा कार्यक्रमले आंशिकरुपमा भए पनि निजी क्षेत्रका माग भने सम्बोधन गरेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रले उठाएका केही माग सम्बोधन भएका छन् । उत्पादनमुखी कार्यक्रम, औद्योगिक विकास र सार्वजनिक निजी साझेदारी अवधारणालाई प्रभावकारी बनाउने गरी नीति कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ ।”

नीति तथा कार्यक्रममा महत्वाकाङ्क्षी योजना घोषणा हुने तर कार्यान्वयनको पाटो फितलो हुने समस्याप्रति पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भए पनि सीमित स्रोत र साधनका कारण कार्यान्वयनको पाटो जोखिम रहेको चेम्बरको ठहर छ ।

नीति तथा कार्यक्रम ‘कनिका छरेजस्तो’ बनाउने भन्दा आर्थिक विकासको जग बसाल्ने गरी आउनुपर्ने चेम्बरले जनाएको छ । सरकारद्धारा शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले सरकारी खर्चमा मितव्ययिता कायम गर्न खोज्नु सकारात्मक भएको चेम्बरको भनाइ छ ।

वि.सं.२०८० जेठ ६ शनिवार १३:१५ मा प्रकाशित

You can share this post!

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२७

काठमाडौँ, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२३

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:१२

नवलपुर (नवलपरासी), १५ जेठ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी...

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:०४

काठमाडौँ, १५ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

आज गणतन्त्र दिवस मनाइँदै   

आज गणतन्त्र दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:५९

काठमाडौँ, १५ जेठ : आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ ।...

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:३७

म्याग्दी, १५ जेठः म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका...