back
NMB ad

मन्त्री निवास भवन छिट्टै पूरा गर्न मन्त्री गुरुङको निर्देशन   

Kumari bank ad

काठमाडौँ, ६ जेठ ।  शहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवन छिटो पूरा गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री गुरुङ आज आयोजनास्थल पुगेर भवन निर्माणको प्रगतिबारे जानकारी लिँदै व्यवसायीलाई सम्झौता बमोजिम बाँकी काम चाँडो पूरा गर्न निर्देशन दिनुभएको हो । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले विसं २०७६ कात्तिकमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, सङ्घीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो ।

मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । “समयमै काम सकियो भने तपाईंलाई पनि ढुक्क हुन्छ, सरकारको पनि एउटा योजना पूरा हुन्छ, बरु कामदारको सङ्ख्या बढाउनुहोस्, दिनरात गरेर भए पनि काम गर्नुहोस्, तर सम्झौता बमोजिम यथाशक्य काम सम्पन्न गर्नुहोस्”, उहाँले भन्नुभयो ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ । मन्त्री गुरुङसँगै शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण डिभिजन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठलगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गर्नुभएको थियो ।

वि.सं.२०८० जेठ ६ शनिवार २१:०० मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...