back
NMB ad

पूँजी वृद्धि गर्ने प्रस्ताव सहित राष्ट्रिय बीमा संस्थानले बोलायो विशेष साधारण सभा

Kumari bank ad

काठमाडौं, ७ जेठ । राष्ट्रिय बीमा संस्थानले पूँजी थप्ने प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । संस्थानले जेठ २२ गते अपरान्ह ४ बजे, संस्थानको प्रधान कार्यालय, रामशाह पथ, काठमाडौंमा विशेष साधारण सभा बोलाएको हो ।

सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार तयार गरिएको संस्थानको पूँजी योजना अध्ययन प्रतिवेदन २०७९ अनुरुप नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल बैंकले आफ्नो लगानीको हिस्सा बापत हकप्रद शेयर मार्फत थप गर्नुपर्ने पूँजी रकम वृद्धि गर्न आह्वान गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्राधिकरणको निर्देशन अनुसार संस्थानले असार मसान्तसम्ममा न्युनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । हाल संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ मात्रै रहेको छ ।

संस्थानमा हाल नेपाल सरकारको २७.७८ प्रतिशत, नेपाल राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

नयाँ बीमा ऐन २०७९ लागू भएपनि सरकारी स्वामित्वको संस्थान परिणत गर्नुपर्नेछ । सोही व्यवस्थान अनुसार संस्थानले संस्थापकलाई पूँजी थप्न लगाएर सर्वसाधारणलाई आईपीओ निष्काशन गर्नेछ ।

वि.सं.२०८० जेठ ७ आइतवार १२:०० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...