back
NMB ad

जनप्रतिनिधिको एकवर्षः कामबाट सन्तुष्ट तर समन्वयमा तिक्तता   

Kumari bank ad

झलनाथ खनाल   
भजनी, ७ जेठ ।  स्थानीय तहको दोस्रो निर्वाचन भएको एक वर्ष पूरा भएको छ । अहिले निर्वाचित जनप्रतिनिधिले एक वर्षेे कार्यकाल पूरा गरिसकेका छन् तर निर्वाचनका बेलामा नागरिकमा बाँडिएका आश्वासन पूरा नगरेको र जनताको जनभावनाअनुसार काम गर्न नसकेको स्थानीयवासीको गुनासो छ ।

नागरिक विश्वस्त हुनेगरी जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै विगतका र अहिलेका नेतृत्वले गरेको कामको तुलना गर्दा खासै फरक नभएको आबाज पनि उठ्न थालेको छ ।
स्थानीय तहको नेतृत्व गरिरहेका जनप्रतिनिधि भने आफ्नो कार्यकालको पहिलो वर्षमा थुप्रै काम गर्न सफल भएको बताउँदै आएका छन् । उनीहरुले स्थानीय तहमा विकास र समृद्धिको जग बसालेको र त्यसलाई पूर्ण गर्न समय लाग्ने बताए ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले नागरिकको जनभावनाअनुसार काम गर्न नसकिएको बताउनुभयो । उहाँले केही राम्रा कामको सुरुवात भए पनि नागरिकले तत्काल नतिजा खोज्दा त्यस्तो हुन पुगेको चर्चा गर्नुभयोे ।

“सुरुवाती चरणमा छौँ । धेरै कुराको तालमेल नमिल्दा पनि महसुस हुने गरी कामको नतिजा एकै वर्षमा देखाउन सकिएको छैन ।” नगर प्रमुखले थारु भन्नुभयो, “स्थानीय तहसँग सङ्घ र प्रदेशको तालमेल नमिल्दा पनि समस्या भएको छ । हामी वैशाखमा सबै काम सम्पन्न गर्ने योजनामा हुन्छौँ तर प्रदेश र सङ्घका योजनाको प्रक्रिया वैशाखमा सुरु हुन्छ । अनि कसरी फलदायी काम हुनसक्छ ?”
भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नगरपालिकामा एक वर्षमा थुप्रै काम भएको जिकिर गर्नुभयो । जनताको चाहनाअनुसार आफू निर्वाचनको समयमा बोलेका कुरालाई पूरा उन्मुख भएको उहाँको भनाइ थियो ।

“नागरिकहरूका अपेक्षा धेरै भएको तर हाम्रा स्रोतसाधनको सीमितताले पक्कै पनि नागरिकको अपेक्षाअनुसार काम नभएको हुनसक्छ ।” नगर प्रमुख चौधरीले भन्नुभयो, “तर हाम्रा तर्फबाट थुप्रै कामको सुरुवात गरिएको छ । त्यसको परिणाम अहिले नै देखिने स्थिति नभए पनि बाँकी चार वर्षमा नागरिकलाई महसुस हुनेगरी कामको थालनी भएको छ ।” उहाँले भजनी बाढीप्रभावित क्षेत्र भएकाले विपत् व्यवस्थापन, शिक्षामा सबैको सहभागिता र स्वस्थ्य क्षेत्रमा सबैको पहुँचका लागि नगरपालिकाले प्राथमिकताका साथ काम गर्दै आएको बताउनुभयो ।

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले अहिले नै कामको मूल्यङ्कन गरिहाल्नुपर्ने स्थिति नभैसकेको बताउनुभयो । उहाँले पहिलो वर्षमा नागरिकका माझमा कबुल गरिएका विषयकोे जग बसाल्न सफल भएको बताउनुभयो । अध्यक्ष चौधरीले कुनै पनि काम गर्न सहज नहुने तर चुनौतीलाई सामना गरी योजनालाई सफल बनाउन गाउँपालिका क्रियाशील भएर लागेको बताउनुभयो ।

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले अहिले नै नतिजा खोज्ने समय नभए पनि एक वर्षमा गरिएका कामको उपलब्धिले जनतामा विश्वास बढाएको बताउनुभयो । उहाँले पनि गरिएका कामको नतिजा आइनसकेको बताउनुभयो । “नागरिक सन्तुष्ट हुनेगरी हाम्रा कार्य अगाडि बढेका छन् । नागरिकलाई त्यसको अनुभूति हुने समय भने भइसकेको छैन ।” अध्यक्ष चौधरीले भन्नुभयो, “अनुभूति गराउन समय लाग्छ । हाम्रो कार्यकालमा हामीले बोलेका मुलभूत कुरालाई पूरा गर्छौं ।’’

लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाहीले बजेटको सङ्कुचनले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिएको बताउनुभयो । उक्त नगरपालिकामा एक वर्षमा बादी बस्तीमा लालपुर्जा वितरण, शिविर बस्तीमा आठवटा घर निर्माणलगायत केही उल्लेखनीय काम भए पनि नेतृत्वमा आएको दिनदेखि प्रयास गरेको ट्रमा सेन्टर स्थापनाको कामलाई जग्गाको अभावका कारण पूरा गर्न नसकिएको उहाँको भनाइ थियो । “काम गर्नुपर्ने धेरै छ । नागरिकाको अपेक्षा पनि धेरै छ । त्यो अपेक्षा पूरा गर्न समय पक्कै लाग्छ ।” नगर प्रमुख शाहीले भन्नुभयो, “अहिले संघीय सरकारले कटौती गरेको बजेटले पनि काममा समस्या भएको छ ।

अर्को समस्या जनप्रतिनिधि र कर्मचारी बीचको समन्वयमा देखिएको उल्झन पनि छ ।” जनप्रतिनिधिले बनाएको नीतिलाई कर्मचारीले सहज रुपमा कार्यान्वयन नगर्दा थुप्रै कामको नतिजा नदेखिएको गुनसो गर्दै उहाँले गत आर्थिक वर्ष कर्मचारीले बजेट कार्यान्वयनमा गरेको आनाकानीले नगरपालिकाको साँढे १३ करोड बजेत फ्रिज भएको थियो ।

वि.सं.२०८० जेठ ८ सोमवार १७:०४ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...