back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मानित   

Kumari bank ad

काठमाडौँ, ८ जेठ ।  राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही रु एक लाखद्वारा पुरस्कृत गरेको छ ।

आज यहाँ बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई सम्मान गरेको हो । त्यस्तै टिम अफिसियलहरूलाई जनही रु ५० हजारले पुरस्कृत गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली क्रिकेट टोलीको प्रशंसा गर्दै आगामी दिनमा थप उचाइ प्राप्त गर्न शुभकामना दिनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय नेपाली क्रिकेटले प्राप्त गरेको सफलता अभूतपूर्व छ । अबको यात्रा झन् कठिन र सङ्घर्षपूर्ण छ, त्यस यात्रामा यहाँहरूले हिजोको भन्दा बढी मेहनत र कठिन परिश्रम गरेर फेरि पनि राष्ट्रको नाम उच्च बनाउन यही कार्यक्रमबाट शुभकाना व्यक्त गर्छौं ।”

नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैंकसँगको सहकार्य र खेलाडी सम्मानले हौसला प्राप्त गरेको बताउनुभयो ।

“राष्ट्रिय वाणिज्य बैंकले आफैँले सम्झेर खेलाडीहरूको हौसला बढाउने शुभकार्य थालनीका लागि सङ्घका तर्फबाट आभार प्रकट गर्छौं । यहाँहरूको साथले नेपालको क्रिकेटले थप उचाइ प्राप्त गर्नेछ”, उहाँले भन्नुभयो । उहाँले खेलाडीसँगै खेलाडी छनोटकर्ता र प्रशिक्षकप्रति पनि आभार प्रकट गर्नुभयो ।

राष्ट्रिय वाणिज्य बैंकले गत बुधबार नै नेपाली राष्ट्रिय क्रिकेट टोलीका नेपाली टोलीलाई नगद राशिसहित सम्मान गर्ने घोषणा गरेको थियो ।

वि.सं.२०८० जेठ ८ सोमवार २१:४२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...