काठमाडौं । सात नयाँ ब्रोकर कम्पनीहरुले लाइसेन्स पाएका छन् । यसअघि एलओआई पाई पूर्वाधार पूरा गरेर निवेदन दिएका ४३ कम्पनीमध्ये ७ कम्पनीले ब्रोकर लाइसेन्स पाएका हुन् ।
नेपाल धितोपत्र बोर्डको सोमबार बसेको संचालक समितिको बैठकले यी कम्पनीहरुलाई नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो ।
लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज लि., क्यापिटल म्यास सेक्युरिटिज लि., हिमालयन ब्रोकरेज कं लि., सन सेक्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., सेयरप्रो सेक्युरिटिज प्रा.लि. र प्रोपर्टी विर्जाड लि. रहेका छन् ।
वि.सं.२०८० जेठ ९ मंगलवार ०६:३२ मा प्रकाशित